दफा ४
उद्योग दर्ता गर्न निवेदन दिनुपर्ने
(१) यस ऐन बमोजिम उद्योग स्थापना गर्न चाहने व्यक्तिले तोकिए बमोजिमको विवरण र कागजात सहित तोकिएको ढाँचामा उद्योग दर्ता गर्ने निकाय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) निवेदन तथा स्वीकृति सम्बन्धी कागजातहरु प्रमाणीकरण गर्दा विद्युतीय हस्ताक्षर समेत मान्य हुनेछ र यस्ता कागजातहरु विद्युतीय माध्यमबाट समेत प्रस्तुत गर्न सकिनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लघु उद्यम र घरेलु उद्योगको हकमा त्यस्तो उद्योग सञ्चालन भएको मितिबाट छ महिनाभित्र उद्योग दर्ता गर्न निवेदन दिन सकिनेछ ।